आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिपक मनाङेलाई बामदेव गौतमको केन्द्रीय सदस्य उपहार !

दिपक मनाङेलाई बामदेव गौतमको केन्द्रीय सदस्य उपहार !

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 5.9K
    SHARES

  • दिपक मनाङेलाई बामदेव गौतमको केन्द्रीय सदस्य उपहार !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि बामदेव गौतमले पार्टी एकता अभियान चलाइरहेका बेला गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङको साथ पाएका छन् ।

    गत वर्ष असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधिकारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताउने गरेएका थिए ।

    प्रदेश सभामा नेकपालाई दुईतिहाइ पुर्‍याउन समर्थन गरेको तर अहिले आफू स्वतन्त्र प्रदेशसभा सदस्य भएको मनाङेको दाबी थियो ।

    अब मनाङे बामदेव गौतमसँग नजिकिएका छन् । गौतमले फोन गरेर एकताको अभियानमा लाग्न आग्रह गरेपछि आफूलाई चित्त बुझेको सांसद मनाङेले बताएका छन् ।

    ‘बामदेवजीले एउटा टीम बनाउनुभएको रहेछ । मलाई फोन गरेर केन्द्रीय सदस्यमा नाम राखें है भन्नुभयो,’ मनाङेले भने, ‘मैले नेताजी यो त राम्रो कुरा हो भनें ।’

    ओली पक्षका मुख्यमन्त्री गुरुङको पक्षमा गण्डकी प्रदेशमा २६ सांसद रहेका छन् । गुरुङलाई जनमोर्चाले साथ दिँदा २९ सदस्य पुग्छ । नेकपा विभाजन भएको खण्डमा ६० सदस्यीय प्रदेश सभामा विश्वासको मत दिन मुख्यमन्त्री गुरुङलाई ३१ सांसद चाहिन्छ । गुरुङ स्वतन्त्र सांसदकै रुपमा कायम रहे उनले जुनसुकै पार्टीलाई पनि समर्थन गर्न सक्नेछन् ।

    प्रदेशमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षमा १३ जना, कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टी (जसपा) का २ सांसद रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र १९ २०७७१०:११:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend