काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव आज बुधबार प्रदेश सभामा निर्णयार्थ पेश हुँदैछ ।
प्रस्ताव पारित वा असफल के हुने भनेर प्रदेशसभामा आजै मतदान हुने कार्यसूची समेत छ । यस्तो विशेष मौकालाई हरेक सांसदले उपयोग गर्छन् । तर प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङे प्रदेशसभा बैठकमा सहभागी नभई मोबाइल स्वीच अफ गरेर गायब भएका छन् ।
सांसदहरूले लगातार फोन गरेपछि सांसद मनाङेले मोबाइल नै अफ गरेका छन् । सांसद मनाङेलाई दुबै पक्षले आ–आफ्नो दाबी गर्दै आएका थिए ।
मनाङे अन्तिम समयमा गायब हुनुलाई प्रदेशसभा बैठकमा चासोका साथ हेरिएको छ ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।