काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् ।
नेपाली सेनाका कायममुकायम प्रधान सेनापति समेत रहेका शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७(५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई नेपाली सेनाको प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपाली सेनाको इतिहासमा शर्मा ब्राह्मण जातिबाट प्रधानसेनापति बन्ने पहिलो व्यक्ति हुन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।