आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बागेश्वरी फुटबल क्लबलाई ए डिभिजनको क्लब बनाउने कांग्रेस नेता महर्जनको घोषणा

बागेश्वरी फुटबल क्लबलाई ए डिभिजनको क्लब बनाउने कांग्रेस नेता महर्जनको घोषणा

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 5.8K
    SHARES

  • बागेश्वरी फुटबल क्लबलाई ए डिभिजनको क्लब बनाउने कांग्रेस नेता महर्जनको घोषणा

    काठमाडौं - नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिका– १० स्थित टाहाखेलको बागेश्वरी युवा क्लबमा शुक्रबार सी डिभिजन फुटबल खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेका छन् ।

    बागेश्वरी ४० वर्ष पुरानो क्लब हो। सो अवसरमा नेता महर्जनले आफू पनि खेलकुद ब्याकग्राउन्डको भएको र आफ्नो नशानशामा खेलकुदकै रगत रहेकाले खेल क्षेत्रमा लाग्ने खेलाडीलाई राष्ट्रियस्तरमा पुर्याउन जुनसुकै सहयोग गर्न तयार रहेको बताए।

    उनले बागेश्वरी क्लब निकै पुरानो रहेकाले क्लबलाई ए डिभिजनमा पुर्याउन आफूले सक्दो सहयोग गत्नेसमेत घोषणा गरे ।

    कार्यक्रममा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ कोषाध्यक्ष शेखर न्यौपाने, युवा टाहाखेल टोल सुधार समिति अध्यक्ष युवा समाजसेवी दिलकुमार शाही, करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी दयाराम महर्जन, पूर्वराष्ट्रिय खेलाडी रुपचन्द्र बिष्ट, कल्याण तामाङ, सुनिल महर्जन, निरोज श्रेष्ठलगायतको उपस्थित थियो।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend