काठमाडौं – नेपाल राष्ट्रिय प्राध्यापक संगठनको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय समितिको कार्यबाहक अध्यक्षमा डा. प्रेमराज न्यौपानेले जिम्मेवारी पाएका छन् ।
वर्तमान अध्यक्ष डा. जर्मन चौधरी नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रको निर्देशक भएपछि जिम्मेवारी न्यौपानेलाई दिइएको निर्देशक चौधरीले बताए ।
संगठनात्मक गतिविधिलाई निरन्तरता दिन डा. प्रेमराज न्यौपाने सक्षम हुनेछन् भन्ने विश्वास लिएको समेत अध्यक्ष चौधरीले बताए ।
कोरोनाकालको असहज परिस्थितिमा जिम्मेवारी प्राप्त भएकाले पेशागत हकहितका लागि विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, पदाधिकारी, विद्यार्थी र मित्र संगठनसँग समन्वय गर्दै प्राज्ञिक उन्नयन र सक्दो सांगठनिक दायित्व पूरा गर्ने कार्यबाहक अध्यक्ष न्यौपानेले बताए ।
शैक्षिक उन्नयनमा समतामूलक सहभागितालाई सुनिश्चितता गराउनु नै आफ्नो प्राथमिकता रहेको न्यौपानेले बताएका छन् ।
विश्वविद्यालयका सबै इकाईहरूमा सम्मेलन गराउने र विश्वविद्यालय केन्द्रीय समितिको समेत सम्मेलन गर्ने काममा समितिले तत्काल काम कार्यसम्पादन बढाउनेमा आफू विश्वस्त रहेको अध्यक्ष चौधरीले बताए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।