आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अब पदमुक्त हुने पालो शेरधन राईको, को बन्दैछन् नयाँ मुख्यमन्त्री ?

अब पदमुक्त हुने पालो शेरधन राईको, को बन्दैछन् नयाँ मुख्यमन्त्री ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ४ २०७८

  • 6.1K
    SHARES

  • अब पदमुक्त हुने पालो शेरधन राईको, को बन्दैछन् नयाँ मुख्यमन्त्री ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट माधवकुमार नेपाल समूह छुट्टिएपछि १ नम्बर प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई संकटमा परेका छन् ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले सांसद संख्याका आधारमा बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिएको छैन ।

    प्रदेश सरकार ढल्ने निश्चित बनेसँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीको खोजी सुरू भएको छ ।

    स्रोतका अनुसार लामो समयसम्मको पार्टी विवादसँगै नेपालले दर्ता गरेको नयाँ दल नेकपा एमाले समाजवादीको पक्षमा एमालेका १५ सांसद देखिएका छन् । उनीहरुले नयाँ दल रोज्दा प्रदेश सरकार ढल्ने निश्चित बनेको बताइएको छ ।

    यसअघि १९ जना सांसद नेपालको पक्षमा रहेको दावी गरिएको थियो । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले अहिले नै सरकार परिवर्तनको अनावश्यक हल्ला चलाइएको बताएका छन् ।

    ‘नयाँ दल दर्ता भएपछि २१ दिनसम्म सांसदले पार्टी रोज्न पाउँछन्,’ सुवेदीले भने, ‘त्यतिबेला मात्रै अहिलेको सरकार रहने वा नरहने भन्ने यकिन हुन्छ ।’ 

    पार्टी नै विभाजन भइसकेपछि प्रदेश सरकार अब नरहने एमाले समाजवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र राईले बताएका छन् । उनले भने, ‘केही समय लागे पनि अहिलेको सरकार ढालेर नयाँ गठबन्धन सरकार बनाउँछौं ।’ १ नम्बर प्रदेशमा नेपालले नेतृत्व गरेको एमाले समाजवादीले नै सरकारको नेतृत्व गर्न पाउने सम्भावना रहेको छ ।

    त्यसो हुँदा राजेन्द्र राई नै मुख्यमन्त्री बन्ने लगभग निश्चित छ । यसअघि नेपाललाई साथ दिँदै आएका भीम आचार्य मुख्यमन्त्रीका दाबेदार थिए । उनले नेपालको साथ छोडेपछि नयाँ गठबन्धन सरकारको नेतृत्वका लागि राई दाबेदार बनेका छन् । ओली पक्षले विभाजनको पक्षमा उभिएका आचार्यलाई नै अब मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने सम्भावना रहे पनि उनैले नमानिरहेको स्रोतले बताएको छ । 

    पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि मुख्यमन्त्रीको लाइनमा रहेका थिए । केही दिनभित्रै मुख्यमन्त्री शेरधन राईले विश्वासको मत लिनुपर्ने नभए अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताउँछन् राजेन्द्र राई ।

    स्रोतका अनुसार एमाले समाजवादी पनि भीम आचार्यलाई आफूतिर तानेर मुख्यमन्त्री बनाउने प्रयत्नमा रहेको छ ।

    एमाले समाजवादीले नेतृत्व नपाए नयाँ सरकारमा कांग्रेसलाई फाइदा हुनेछ । कांग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था आए पार्टी संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्री बन्नेछन् तर प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले समाजवादीको नेतृत्व गरेका माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार एमाले समाजवादीले नै १ नम्बर प्रदेशमा नयाँ बन्ने सरकारको नेतृत्व पाउने सम्भावना रहेको स्रोतले बताएको छ ।

    स्रोतका अनुसार उनीहरुबीच सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी, बाग्मतीमा कांग्रेस र १ नम्बर प्रदेशमा एमाले समाजवादीले सरकारको नेतृत्व गर्ने सहमति यसअघि नै भइसकेको थियो । एमाले समाजवादीका नेता राईले पनि आफ्नै दलले सरकारको नेतृत्व पाउने बताए ।

    माओवादीका एक नेताले १ नम्बर प्रदेश १ मा आफ्नो पार्टीले सरकारको नेतृत्वका लागि दाबी नगर्ने बताएका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले पार्टी एकताका लागि सबै विकल्प खुला गर्दै अघि बढिने बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २८ २०७७११:४४:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend