आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली पक्षका यी कम्युनिस्ट मुख्यमन्त्री र मन्त्रीहरू निलम्बित ! संसदमा पुग्यो ३ महिने कारवाही

केपी ओली पक्षका यी कम्युनिस्ट मुख्यमन्त्री र मन्त्रीहरू निलम्बित ! संसदमा पुग्यो ३ महिने कारवाही

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 5.5K
    SHARES

  • केपी ओली पक्षका यी कम्युनिस्ट मुख्यमन्त्री र मन्त्रीहरू निलम्बित ! संसदमा पुग्यो ३ महिने कारवाही

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध कारवाही गरिरहेका बेला १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई निलम्बन गरिएको छ ।

    विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री राईलाई ३ महिनाका लागि सांसद पदबाट समेत निलम्बन गर्दै प्रदेशसभा सचिवालयमा जानकारी पठाएको छ ।

    नेकपा प्रदेश संसदीय दलको नेतामा नवनिर्वाचित भीम आचार्यले मुख्यमन्त्री राईसहित ८ सांसदलाई कारवाही गरेको पत्र संसद सचिवालयमा पुर्‍याएको छ । यसअघि प्रचण्ड–नेपाल पक्षले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ ।

    संसद सचिवालयमा प्राप्त पत्रमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई सांसद पदबाट ३ महिनाका लागि निलम्बन गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

    ‘मुख्यमन्त्री शेरधन राई सहितका ८ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेश सभामा सिफारिस भएको छ,’ प्रदेशसभा सचिव पराजुलीले भनेका छन् ।

    प्रदेश संसदीय दलका नेता आचार्यले प्रेषित गरेको पत्रमा पुस २६ गतेदेखि निलम्बन लागू भएको जनाइएको छ ।

    निलम्बन गरिनुको कारणमा संसदीय दलको कुनै पनि बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको आरोप लगाइएको छ । प्रचण्ड–नेपाल पक्षले पुस २५ गते शनिवार निलम्बन गरिएको पत्र सबैलाई पठाएको छ ।

    प्रचण्ड–नेपाल पक्षले निलम्बन गरेका सबै सांसदसहित मुख्यमन्त्री शेरधन राई ओली पक्षका नेता हुन् । निलम्बन गरेको जानकारी पत्रमा नवनिर्वाचित संसदीय दलका नेता भीम आचार्यले हस्ताक्षर गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend