काठमाडौं - कार्यसम्पादन सन्तोषजनक नभएका र पार्टी र सरकारबीच समन्वय गरेर काम नगर्ने असक्षम मुख्यमन्त्रीहरु परिवर्तनको चर्चा नेकपाभित्र व्यापक चलेको थियो ।
राजनीतिक सन्तुलनका लागि प्रदेश १, वागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायतका मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा पनि योबीचमा चलिरहेका थिए । तर केन्द्रीय नेतृत्वका बीच कुरा मिलेपछि अब कमजोर कडी मानिएका मुख्यमन्त्रीहरु पनि तत्काल नहट्ने भएका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच मुख्यमन्त्री परिवर्तन नगर्ने सहमतिमा पुगेको स्रोत बताउछ । मुख्यमन्त्री नहटाउने सहमति हुनुमा विभिन्न फ्याक्टरले काम गरेको स्रोत बताउछ ।
त्यसमध्ये पहिलो नेकपा केन्द्रीय नेतृत्वबीच सहमति र राजनीतिक समीकरणमा बदलाव । दोस्रो अबको निर्वाचन पनि कारण बनेको नेकपाका एक नेताले बताए । जस्तोः २०७९ तीनवटै तहको निर्वाचनको वर्ष हुनेछ ।
निर्वाचन आउन अब मात्रै डेढ वर्ष बाँकी छ । यो अवस्थामा मुख्यमन्त्री चलाउँदा कार्यसमपादन थप कमजोर हुने अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीको ठहर रहेको स्रोतले बतायो ।
मुख्यमन्त्री परिवर्तन गर्दा एकथरीले ६ वटै प्रदेशको गर्नुपर्ने माग पनि राखेका थिए । यसरी परिवर्तन गर्दा प्रधानमन्त्री ओली र प्रचण्डले निरन्तरता दिन चाहेका पात्र पनि फ्याँकिने सम्भावना रहेको थियो । यसले पनि प्रधानमन्त्री र प्रचण्ड अहिलेकै मुख्यमन्त्रीहरुलाई निरन्तरता दिने सहमतिमा पुगेको स्रोत बताउछ ।
अढाई वर्षको अवधिमा कमजोर कार्यक्षमता भएका केही मुख्यमन्त्री नहटाउने हो भने प्रदेश सभासदहरुले विद्रोह गर्ने सम्भावना रहेको स्रोत बताउछ । जसमा मुख्यमन्त्री डोरमणि पौडेल र एक नम्बर प्रदेशका शेरधन राई रहेका छन् । यो खबर साँघु साप्ताहितमा खबर छापिएको छ ।
यी दुबै मुख्यमन्त्रीको कार्यक्षमता कमजोर, असन्तुलित नेतृत्व भन्ने आरोप प्रदेश सभासद र नेकपा प्रदेश कमिटीका नेताहरुको रहेको छ । मुख्यमन्त्री परिवर्तन नभएको अवस्थामा बागमती प्रदेशमा भने डोरमणि पौडेलका विरुद्ध बबण्डर गर्ने तयारीमा अधिकांश प्रदेशका सभासद्हरु रहेको स्रोत बताउछ ।
केन्द्रीय नेतृत्वलाई मुख्यमन्त्री हटाउन चर्को दवाव परेको यी दुबै मुख्यमन्त्रीलाई थामना भने निकै कठिन हुने र पार्टीले समेत आगामी निर्वाचनमा नोक्सानी व्यहोर्नु पर्ने अवस्था उत्पन्न भऐको बताइन्छ ।
मुख्यमन्त्री पौडल र राई विरुद्ध आफ्नै पार्टीका सांसद, पार्टीका नेताहरु कसैसंग पनि समन्वय, सल्लाह, भेटघाट नगर्ने र प्रदेश सरकारको नेतृत्व पनि कमजोर रहेको ठम्याई असन्तुष्ट सांसदहरुको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।