काठमाडौं – पूर्वपश्चिम राजमार्ग, मोरङको बेलबारी नगरपालिका–४ को हल्लुड चोक । साँझको ४ बजे सवारी दुर्घटनामा परेका दुई जना सडकमा लम्पसार परेका देखिन्छन् । दुर्घटनामा परेका व्यक्तिलाई छल्दै, लेन मिचेर तीनवटा सरकारी नम्बर प्लेटका सवारी साधन साइरन बजाउँदै हुइँकिन्छन् ।
उद्धारको पर्खाइमा रहेका घाइते, प्रहरी तथा एम्बुलेन्सलाई खबर गरिरहेका यात्रुहरूले साइरन बजेको सुनेपछि एम्बुलेन्स आयो भनेर सन्तोक मानेका थिए । साइरन बजाउँदै आएको गाडी त प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको रहेछ । उद्धारको पर्खाइमा सडकमा छटपटाइरहेका घाइतेलाई छल्दै मुख्यमन्त्रीको गाडी बेतोडले हुइँकियो । अगाडि जनपथ, पछाडि सशस्त्र प्रहरीको गाडी र बीचमा मुख्यमन्त्री सवार गाडी थियो ।
तीनवटै गाडीले सडकमा अलपत्र परेका घाइतेलाई बेवास्ता गर्दै हिँडे । झापाको कार्यक्रमबाट फर्किंदै गरेका मुख्यमन्त्री राई घाइतेलाई अलपत्र छाडेर, साइरन बजाउँदै गएको करिब १० मिनेटपछि मात्र उद्धारका लागि प्रहरी घटनास्थल पुग्यो । तर, यतिञ्जेलसम्म ढिलाइ भइसकेको थियो । घरबाट बजारतर्फ निस्कने क्रममा को३५ प। ५९७५ नम्बरको स्कुटरमा पूर्व(पश्चिम राजमार्ग पार गर्दै थिए, ४३ वर्षे अर्जुन खत्री र ६५ वर्षे दुर्गाप्रसाद भण्डारी ।
खत्री र भण्डारी सवार स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३(०१(०२२ च २२४२ नम्बरको पिकअप भ्यानले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले बताएको छ । उद्धारका लागि प्रहरी घटनास्थल पुग्दा दुवै जनाको अवस्था गम्भीर थियो । प्रहरीले उपचारका लागि घाइतेलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठानमा पठायो । समयमै उद्धार नहुँदा उपचारका क्रममा घाइते खत्रीको मृत्यु भएको छ ।
पिकअप भ्यान चालक ३० वर्षीय दिलसिंह राई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रण्मा रहेको प्रहरीले बताएको छ । विभिन्न अनलाइनको सहयोगमा तयार पारिएको।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।