आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीका शेरधनविरुद्ध पनि आज अविश्वासको प्रस्ताव दर्ता हुने

ओलीका शेरधनविरुद्ध पनि आज अविश्वासको प्रस्ताव दर्ता हुने

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 4.5K
    SHARES

  • ओलीका शेरधनविरुद्ध पनि आज अविश्वासको प्रस्ताव दर्ता हुने

    काठमाडौं – सत्तारुढ नेकपाको विभाजनको असर केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहसम्म पुगिसकेको छ। हिजो शनिबार मात्रै प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरे।

    उनै आङ्बोको नेतृत्वमा आज मुख्यमन्त्रीविरुद्ध ससदमा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ। आङ्बोले आफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने बताएका छन्। अविश्वास प्रस्ताव दर्ता गर्नुअघि आङ्बोको नेतृत्वमा केही मन्त्रीहरुले राजीनामाको तयारी गरेको पनि उनले बताए।

    बर्खास्त गरेसँगै अविश्वासको प्रस्ताव दर्ता गर्न आफूलाई झनै सहज भएको उनको भनाई छ। आङबोले मुख्यमन्त्री राईविरुद्ध केही मन्त्रीसहित नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने बताए। बागमती प्रदेशका डाेरमणिविरूद्ध भने अविश्वासकाे प्रस्ताव दर्ता भइसकेकाे छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ७ २०७७०४:४९:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend