आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी कम्युनिस्ट मुख्यमन्त्रीको ६ अर्ब घोटाला कर्तुतबारे मन्त्रीले नै खोले पोल !

यी कम्युनिस्ट मुख्यमन्त्रीको ६ अर्ब घोटाला कर्तुतबारे मन्त्रीले नै खोले पोल !

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 9.6K
    SHARES

  • यी कम्युनिस्ट मुख्यमन्त्रीको ६ अर्ब घोटाला कर्तुतबारे मन्त्रीले नै खोले पोल !

    काठमाडौं – प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि उनका कर्तुतहरूको पोल खुल्न थालेको छ ।

    मुख्यमन्त्री राईले आफू मातहतको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजना विना नै ६ अर्ब रुपैयाँ खर्च गरेर वित्तीय संकट उत्पन्न गराउने काम गरेको पोल पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले खुलासा गरेका छन् ।

    कम्युनिस्ट मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि आईतबार मन्त्री निवासमै आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री आङ्बोले मुख्यमन्त्रीका कारण प्रदेश सरकार वित्तीय संकटको अवस्थामा पुगेको जनाएका छन् ।

    मुख्यमन्त्री शेरधन राई र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङका कारण प्रदेश सरकार वित्तीय संकटको अवस्थामा पुगेको भन्दै पूर्व मन्त्री आङ्बोले दीर्घकालीन योजनाको खर्च र अर्थ मन्त्रालयको सहमति विना बजेटरी खर्च गर्दा समस्या बढेको बताएका छन् ।

    ‘मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्ति भएपछि बजेट सुशासनको अवस्था सकियो,’ आङ्बोले भने, ‘स्रोत सुनिश्चित नगरी पूर्वाधार मन्त्रालयले खर्च गर्दा बजेटमा असन्तुलन सुरू भयो र अहिलेको अवस्था आइपुग्यो ।’

    अर्थका जानकार उपसचिव हरिहर पौडेल प्रदेशमा बजेट बनाउने एक मात्र कर्मचारी थिए । तर भौतिक पूर्वाधार मन्त्रालयले पेश गरेको ६ अर्बको योजनामा बजेट दिन नसक्ने बताएपछि उनलाई मुख्यमन्त्री कार्यालयमा काजसरुवा गरिएको थियो । आङ्बोका अनुसार गत आर्थिक वर्षमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरेको पौने ४ अर्ब रुपैयाँ खर्च भएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend