आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरधन राई र डोरमणि पौडेलको मुख्यमन्त्री पद खुस्किँदै 

शेरधन राई र डोरमणि पौडेलको मुख्यमन्त्री पद खुस्किँदै 

  • मिडिया डबली
  • मंगलवार, भाद्र १ २०७८

  • 5.8K
    SHARES

  • शेरधन राई र डोरमणि पौडेलको मुख्यमन्त्री पद खुस्किँदै 

    काठमाडौं - सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमालेमा सनसनी मच्चिएको छ ।

    संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश ल्याएर एमाले र जसपा विभाजनका लागि औपचारिक रूपमा बाटो खोलिदिन लागेको हो ।

    त्यसैले आजै एमाले फुट्ने र नयाँ दल दर्ता हुने चर्चाले बिहानैदेखि नेपालको राजनीति तरंगित भएको छ । केपी ओलीसँग कुनै पनि हालतमा सँगै नबस्ने माधव नेपालको अडानपछि एमाले औपचारिक रूपमै फुट्दैछ ।

    एमाले नफुटे पनि अहिलेसम्म संघीय सरकार, लुम्बिनी र गण्डकी प्रदेशको सरकारको नेतृत्व सो पार्टीले गुमाइसकेको छ । अब बागमती र प्रदेश १ सरकार पनि ढल्ने निश्चित छ । 

    एमाले विभाजन भएमा पहिलो प्रहार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पर्नेछन् । माधव नेपाल पक्षले बागमती र प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गर्ने भएको छ ।

    बागमतीमा अष्टलक्ष्मी शाक्य वा राजेन्द्र पाण्डेमध्ये एक मुख्यमन्त्री बन्ने चर्चा छ । प्रदेश १ मा भने भीम आचार्यको दाबी थियो । तर पछिल्लो समय आचार्य ओली गुटमा लागेकाले अर्कैलाई मुख्यमन्त्री बनाउने माधव नेपाल पक्षको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १३ २०७७०८:२८:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend