आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली नेकपाका मुख्यमन्त्री हटाउने खेल शुरू, प्रचण्ड नेकपाले खोल्यो ‘फायर’

ओली नेकपाका मुख्यमन्त्री हटाउने खेल शुरू, प्रचण्ड नेकपाले खोल्यो ‘फायर’

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 4.7K
    SHARES

  • ओली नेकपाका मुख्यमन्त्री हटाउने खेल शुरू, प्रचण्ड नेकपाले खोल्यो ‘फायर’

    काठमाडौं – नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा पक्षमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा पक्षधर प्रदेश सांसदहरूले पौडेलविरुद्ध ‘फायर’ खोलेका छन् ।

    प्रचण्ड–माधव नेकपाका ४५ सांसदले प्रदेश सभामा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रस्तावकका रूपमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल रहेका छन् । कट्टेल प्रचण्ड पक्षीय नेता हुन् ।

    अविश्वासको प्रस्ताव दर्तासँगै सरकारमा रहेका ३ मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री जमकट्टेलसहित उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

    प्रतिनिधिसभा संसदमा ओलीविरुद्ध प्रस्ताव दर्ता गर्न नपाएपनि प्रचण्ड–नेपाल समूह प्रदेशमा एक्सनमा उत्रिएको छ । ओली समूहका मुख्यमन्त्रीले नेतृत्व गरेका अन्य प्रदेशमा समेत फायर खोल्ने तयारी भइरहेको नेकपा नेताहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend