काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकट मानिने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउन चलखेल भएको छ ।
आइतबार मकवानपुरमा आयोजित जिल्ला समन्वय समितिको पाँचौँ जिल्ला सभालाई सम्बोधन गर्ने क्रममा पौडेलले आफूलाई मुख्यमन्त्री पदबाट हटाउन चलखेल भएको बताएका हुन् । उनले आफूलाई हटाउन मकवानपुरकै सांसदबाट चलखेल भएको आरोप लगाए ।
केन्द्रीमा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू सक्रिय भएका बेला ओली निकट मानिने मुख्यमन्त्री पौडेललाई पनि हटाउन चलखेल भएको छ ।
पौडेलले जिल्लाकै सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्रीबाट हटाउन खोजेको बताएपछि नेकपाभित्र खैलाबैला भएको छ ।
‘मलाई मकवानपुरबाटै हटाउने खेल भइरहेको छ’, उनले भने, ‘यहीँका सांसदहरूले अविश्वासको प्रस्ताव ल्याएर हटाउन खोज्नुभएको छ ।’
मुख्यमन्त्री पौडेलले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न मकवानपुरबाटै शुरु भएको बताएका छन् ।
‘अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरेका हुन्’, उनले भने, ‘त्यो पनि मकवानपुरबाटै शुरु भएको हो ।’ पौडेलले आफूलाई मुख्यमन्त्रीबाट हटाइए पनि कुनै चिन्ता नभएको बताएका छन् ।
पार्टीभित्रैबाट आफूलाई मुख्यमन्त्रीबाट हटाउने कुरा थाहा पाएपछि पौडेल तनाबमा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।