काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौमा हुने गरी नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।
अब भने कांग्रेसको महाधिवेशन नसर्ने हो कि भन्ने धेरैलाई लागेको छ । व्यावहारिक र कानुनी दुवै हिसाबले पनि अब कांग्रेसलाई महाधिवेशन सारिरहन सजिलो छैन ।
नयाँ कार्यतालिकाअनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ । सोही अधिवेशनले कांग्रेस महाधिवेशनमा आउने प्रतिनिधिको टुंगो लाग्नेछ । तर, तल्ला तहका अधिवेशन सुरु नहुँदै ललितपुर जिल्लामा भने सभापतिको प्रत्यासीबारे चर्चा परिचर्चा सुरु भइसकेको छ ।
पछिल्लो तीन दिनयता जिल्लामा महाधिवेशनको माहौल ह्वात्तै बढेको छ । सभापतिमा मिनकृष्ण महर्जन, गजेन्द्र महर्जन, जितेन्द्र श्रेष्ठ, रामकृष्ण चित्रकार, खोमप्रसाद घिमिरेको चर्चा छ ।
जसमध्ये कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिवसमेत रहेका मीनकृष्ण महर्जन जिल्ला सभापतिका लागि निकै बलियो रहेको कांग्रेसीहरू बताउँछन् ।
नेविसंघ ललितपुर सभापति एवं कांग्रेस ललितपुर १ सचिब मथुरा शर्मा ललितपुर जिल्ला भनेको ठूलादुर्लुङ, गिम्दी, आश्राङ, कालेश्वर पनि पर्छ भन्ने कुरा सभापति उम्मेदवार हुने नेताहरुले बुझ्न जरुरी रहेको बताउँछन् ललितपुरको पहाडी भेगलाई दोस्रो कर्णालीको रुपमा लिने गरिन्छ। कतिपय गाउँमा अहिलेसम्म मोटर बाटो जान सकेको छैन ।
१ नम्बर क्षेत्र २ र ३ नम्बर क्षेत्र जस्तो सजिलो छैन । २ र ३ नम्बर क्षेत्र एक दिनमा पूरै घुम्न सकिन्छ। तर १ नम्बर क्षेत्रको एउटा गाउँ जान दिनभरि लाग्छ। त्यसैले १ नम्बर क्षेत्रमा भिजेको बुझेको भनेको नेता मीनकृष्ण महर्जन नै रहेको उनको भनाइ छ । सो क्षेत्रको विकासको निम्ति पनि मीनकृष्ण जिल्ला सभापति हुन जरुरी रहेको शर्माले मिडिया डबलीलाई बताए ।
क्षेत्र नम्बर २ का पुराना नेता महेन्द्रदेव सिंले मीनकृष्ण महर्जन २ नम्बर क्षेत्रका अधिकांश पार्टी कार्यकर्ताले रुचाएकाले जिल्ला सभापतिमा निर्वाचित हुने बताउँछन् ।
ललितपुर क्षेत्र नम्बर ३ प्रदेश (क) सभापति जितेन्द्र महर्जनले पनि १४औ महाधिबेशनमा ललितपुर जिल्ला सभापति युवानेता मीनकृष्ण महर्जनको जित सुनिश्चित रहेको बताउँछन् । उनले कार्यकर्तालाई गर्ने ब्यवहार, संगठन विस्तारको क्रममा उनको योगदान, पार्टीको जुनसुकै आन्दोलन वा कार्यक्रम महर्जनको उपस्थितिबिना सफल नहुने जितेन्द्रको भनाइ छ ।
नेता महर्जन खेलकुद क्षेत्रमा पनि निकै लोकप्रिय छन् । ०४६ को दोस्रो जनआन्दोलनको समयमा खेलाडीहरुको नेतृत्व गरी उनी आन्दोलनमा होमिएका थिए। महर्जनले ०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा काठमाडौं उपत्यका युवा परिचालन कमिटीको इन्चार्जको जिम्मेवारीसमेत पाएका थिए। उक्त आन्दोलनमा कराँतेका थुप्रै खेलाडी घाइते भएका थिए। त्यसैकारण प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले नेता महर्जनलाई रुचाउने गरेका हुन् ।
नेता महर्जन १० वर्षसम्म तरुण दल केन्द्रीय सदस्यको भूमिकामा थिए। त्यस्तै, ११ औ महाधिवेशनमा महाअधिबेशन प्रतिनिधि, १२औ मा महासमिति सदस्य र १३औ मा ललितपुरकै सबैभन्दा बढी मत ल्याएर महासमिति सदस्य बनेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।