आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय स्वतन्त्रता दिवसको दिन नरेन्द्र मोदीले गरे छात्राहरूका लागि विशेष घोषणा 

भारतीय स्वतन्त्रता दिवसको दिन नरेन्द्र मोदीले गरे छात्राहरूका लागि विशेष घोषणा 

  • मिडिया डबली
  • आइतवार, श्रावण ३१ २०७८

  • 4.4K
    SHARES

  • भारतीय स्वतन्त्रता दिवसको दिन नरेन्द्र मोदीले गरे छात्राहरूका लागि विशेष घोषणा 

    काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७५औं स्वतन्त्रता दिवसको अवसरमा छात्राहरूका लागि विशेष घोषणा गरेका छन् ।

    प्रधानमन्त्री मोदीले भारतका किसान, छात्रा तथा युवाका लागि विभिन्न घोषणा गरेका हुन् ।

    मोदीले देशका सबै सैनिक विद्यालयमा अब छात्राहरूले पनि अध्ययन गर्न सक्ने घोषणा गरेका छन् ।

    केही समयअघि भारतको एक सैनिक विद्यालयमा छात्रालाई भर्ना गरेर परीक्षण गरिएको जनाउँदै मोदीले भने, ‘अब भारतका सबै सैनिक विद्यालयहरूमा छात्रालाई पनि भर्ना लिइनेछ ।’

    राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले मातृभाषाको जगेर्नालाई प्राथमिकता दिइनुपर्ने बताए । मोदीले भारतका साना किसानको सुविधाका लागि सरकारले आवश्यक नीति लिने बताएका छन् ।

    कृषि सुधारका लागि साना किसानलाई सम्मान योजना लागू गरिएको मोदीले बताए । देशका साना किसानको शक्ति बढाउनेमा सरकार लागिपर्ने प्रधानमन्त्री मोदीले बताएका छन् ।

    प्रधानमन्त्री मोदीले २५ वर्षका लागि देशले नयाँ लक्ष्य लिएको घोषणा गर्दै लक्ष्य पूरा गर्ने अभियानमा जुट्न सम्पूर्ण देशबासीलाई अपिल गरेका छन् । अबको २५ वर्षपछि भारतले स्वतन्त्रताको ‘अमृत काल’ मनाउने मोदीले बताएका छन् ।

    मोदीले भने, ‘अमृत काल देशको नयाँ लक्ष्य हो, जो २५ वर्षको छ । यो समयमा भारतले आधुनिक विकासको क्षेत्रमा नयाँ प्रगति हासिल गर्नुपर्नेछ ।’

    प्रधानमन्त्री मोदीले शहरसँगै गाउँको विकासमा समेत अधिक ध्यान दिने बताएका छन् । उनले कमजोर पूर्वाधारले देशमाथि नोक्सान हुने बताउँदै असाधारण स्तरले काम गर्नका लागि नयाँ जलमार्ग वा नयाँ स्थानमा सिप्लेनसँग जोड्ने काम भइरहेको बताएका छन् ।

    भारतीय रेल्वेलाई आधुनिक रंगमा ढाल्ने काम भइरहेको समेत मोदीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०३:१८:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend