काठमाडौं - एसपी सोमेन्द्रसिंह राठौर नेपाल प्रहरीमा अनुसन्धानमा अब्बल अधिकृत मानिन्छन् । तर, आफ्नो त्यो खुबीलाई अहिले उनले बहादुरीका रूपमा प्रयोग गर्न थालेका छन् । जसका कारण हेटौंडामा सर्वसाधारण आजित भएका छन् ।
राठौर अहिले मकवानपुरका एसपी छन् । तर, निषेधाज्ञा कडा बनाउने नाममा उनले अत्याचार र ज्यादती गर्न थालेका छन् ।
सर्वसाधारण त उनको कामबाट आजित भएकै थिए, जनप्रतिनिधिलाई पनि उनले धाकधम्की दिन थालेका छन् ।
हेटौंडा उपमहानगरपालिका–५ का वडाध्यक्ष राजेश बानियाँले राठौरले बुधबार प्रहरी कार्यालयमा मुखमा आए जति छाडा शब्दले गाली गरेको बताएका छन् । उनले आफूमाथि भएको दुव्र्यवहार सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन् ।
बुधबार साँझ केही व्यवसायीलाई निषेधाज्ञाको समयमा व्यवसाय खोलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको थियो । व्यवसायीलाई जबरजस्ती धरपकड गरी प्रहरीले नियन्त्रणमा लिए पछि डिएसपीसंग वडाध्यक्ष बानियाँले कुरा गरिरहेका बेला एसपी राठौंरले आफूमाथि अभद्र व्यवहार गरेको बानियाँले बताएका छन् । ‘म डिएसपी सावसंग कुराकानी गर्दै थिएँ, एक्कासि उहाँ आएर, भोटको राजनीति गर्ने ? मेरो सिधै प्रधानमन्त्रीसम्म पहुँच छ भन्दै अभद्र व्यवहार गर्नुभो, गृहमन्त्रीको कुरा निकालेर आफू सुशील कोइराला प्रधानमन्त्री हुदाँ पिएसओ बसेको भन्दै पहुँचको दम्भ प्रस्तुत गर्नुभयो,’ बानियाँले भने । ।
वडाध्यक्ष बानियाँले बुधबार प्रहरी कार्यालयमा भएको घटना जस्ताको तस्तै लेखेका छन्–
‘मलाई एसपी सोमेन्द्रसिंह राठौरले हिजो जिल्ला प्रहरी कार्यालयमा गरेको व्यबहारको बारेमा विभिन्न मिडियाका साथिहरुले चासोको साथ सोधिरहनु भएको छ। म वडाबासिको हितको निमित्त सधैं अग्रपंक्तिमै रहने गर्छु । मेरो वडाका वडाबासिको चिन्ता मैले लिनु स्वाभाविक हो।
हिजो बेलुका पसल खोल्ले क्रममा दिइएको समयभन्दा केही समय बढी पसल खोलेको भनी प्रहरीले मेरो वडाका ब्यबसायीलाई धरपक्कड गरेर लगेको खबर प्राप्त भएपछि म जिल्ला प्रहरी कार्यालय गएको थिएँ। त्यहाँ मिल्छ भनी भोलि उपस्तिथि हुने गरी ब्यबसायी सञ्चालन गर्नेहरुलाई कागज गरी छोडी दिन मैले डीएसपीसँग अनुरोध गरेको थिएँ ।त्यसै बखतमा एसपी सर आउनु भयो र हामीलाई बोलाउनुभयो। मलगायत केही मेरा साथी तथा ब्यबसायीहरु सँगै हुनुहुन्थ्यो।
हामी केही बोलेका थिएनौ। तर उहाँले जे शब्द प्रयोग गर्नुभयो त्यो शब्द सहन सक्ने नै थियन।उहाँले प्रयोग गर्नु भएको शब्द सायद त्यहा सीसीटिभी क्यामेरा छ भने कैद नै होलान्, नभए त्यहाँका प्रहरी अधिकृत तथा मसँगै भएका साथीहरु साक्षी नै छन।
जीवनमा पहिलो पटक प्रहरी बाट यस्तो दुव्र्यवहार हुँदा रातभर निदाउन सकिन।तिमिहरु गृह मन्त्रीलाई भन्छौ भने म प्रधान मन्त्रीलाई भन्छु हरेक कुरामा दादागरी आयर चलाउनुस प्रहरी प्रसासन मैले पनि चिनेको छु नेताहरु म पनि कुनै बेला डीएसपी भएर कसैको पीएसओ भएर काम गरेको हुँ।
धेरै फुर्ती नलगाए हुन्छ भन्ने अभिब्यक्ती मलाई सहन गाह्रो परेको सत्य हो। म एउटा जनप्रतिनिधि लाई यस्तो व्यबहार भोग्नु पर्छ भनी अरु सर्बसाधारणले कस्तो अपेक्षा गर्ने।
मैले मेरो वडा बासिको बारेमा बुझ्न जान पाउनी कि नपाउनीरु उहाँले बोलेका कुरा सायद क्यामरा कैद होलान सुन्न मिल्छ भनी एसपी सर हजुरले बोलेका कुरा एकपटक कतै कैद छ भने सुन्नुहोस।मैले के बोलेको छु भनेर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएका हेटौंडाका प्रहरीको ज्याद्दती दिनप्रतिदिन बढ्दै गएको छ ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।