काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण भएको छ ।
केही समययता भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनालको बुधवार मिर्गौला प्रत्यारोपण गरिएको स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् ।
अस्पतालका डा. सन्दीप गुलेरिया नेतृत्वको टोलीले खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको भट्टराईले जानकारी दिए । अब केही समय खनाल अस्पतालमै रहने र आराम भएपश्चात् स्वदेश फर्किने जनाइएको छ ।
कोरोना भाइरस संक्रमण निको भएपछि घर फर्किएका खनालमा फेरि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।