काठमाडौं – राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार आज सोमबारदेखि भारतले पाएको छ ।
आलोपालो प्रणालीअनुसार भारतले अगस्ट महिनाका लागि अध्यक्षता प्राप्त गरेको छ ।
फ्रान्सको समर्थनपछि भारतले समितिको अध्यक्षताको मौका पाएको छ । भारतले अध्यक्षताको क्रममा ३ उच्चस्तरीय बैठक गर्ने तयारी समेत गरेको छ ।
बैठकहरूमा सामुन्द्रिक सुरक्षा, शान्ति स्थापना र आतंकवादजस्ता मूलभूत मुद्दामाथि छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले शान्ति सैनिकको क्षेत्रमा समेत कार्य गर्ने जनाइएको छ । ९ अगस्टका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समितिको बैठक भर्चुअल रूपमा गर्नसक्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिए ।
सोमबारदेखि भारतले परिषद् अध्यक्षको रूपमा कामकाज सुरू गर्दैछ । यसअवधिभर राष्ट्रसंघका लागि भारतीय राजदूत टीएस तिरिमूर्तिले मिडियालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सुुरक्षा परिषद्को अस्थायी सदस्यको रूपमा भारतको २ वर्षे कार्यकाल १ जनवरी २०२१ मा सुरू भएको हो । त्यसपछि यसपालि भारतले अध्यक्षता गर्ने मौका नै पाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।