काठमाडौं – अन द रक्स ग्रूप र लायन्स क्लब काठमाडौं शुभ आरम्भद्वारा आयोजित रक्तदान कार्यक्रम शनिबार चापागाउँको भन्सार डबलीमा सञ्चालन भएको छ ।
रक्तदान कार्यक्रम प्रमुख अतिथि पूर्व अर्थ राज्यमन्त्री तथा तरुण दल पूर्व केन्द्रीय अध्यक्ष उदय शम्शेर राणाले उद्घाटन गरेका थिए ।
विशेष अतिथिमा नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, अतिथिमा नेपाली कांग्रेस गोदावरी नगर कार्यसमिति सभापति सुरज श्रेष्ठ, तरुण विभाग बागमति प्रदेश प्रमुख पदम नारायण तिमल्सिना, सचिव उमेश मेहेर कायस्थ, तरुण नेता तथा कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी दयाराम महर्जन, नेपाली कांग्रेस गोदावरी नगरपालिका–११ सभापति सागर चित्रकार, नेविसंघ ललितपुर–१ अध्यक्ष राज लामा समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ९० जनाले रक्तदान गरेका अन द रक्स ग्रूपका अध्यक्ष नबिन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा आरएससी इन्टरप्राइजेजका सञ्चालक राहन चित्रकारले मायाको चिनो स्वरूप प्रमुख अतिथि उदयशम्सेर राणा र विशेष अतिथि मीनकृष्ण महर्जनको निःशुल्क सुगर टेस्ट गरिएको थियो ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।