आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

करोडौंका मालिक झलनाथ खनालमाथि मध्यमवर्गीय चम्सुरी परिन् भारी

करोडौंका मालिक झलनाथ खनालमाथि मध्यमवर्गीय चम्सुरी परिन् भारी

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 8.4K
    SHARES

  • करोडौंका मालिक झलनाथ खनालमाथि मध्यमवर्गीय चम्सुरी परिन् भारी

    काठमाडौं - एमाले वरिष्ठ नेता झलनाथ खनाल अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

    उनको दुवै मिर्गौला फेल भएकाले प्रत्यारोपण गरिन लागेको छ । मिर्गौला दिने आफन्त पनि नयाँ दिल्ली पुगिसकेका छन् ।

    पूर्वप्रधानमन्त्री खनाल करोडौंका मालिक हुन् । उनकै नाममा ‘झलनाथ खनाल प्रतिष्ठान’ पनि खुलेको छ । सो प्रतिष्ठानलाई केपी ओलीको अघिल्लो सरकारले ७२ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । उनका छोरा निर्भीक खनाल ठेकेदार हुन् । करोडौंको प्रोजेक्ट छन् उनीसँग । सरकारी ठूल्ठूला योजना उनले नै हात पारेका छन् ।

    तर, करोडौंका मालिक भए पनि खनालको उपचारमा ओली सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको छ । जसको सर्वत्र विरोध भइरहेको छ । खनाल परिवारले सरकारको सहयोग चाहिन्न भन्न सकेन ।

    यति नै बेला हास्यकलाकार पल्पसा डंगोल अर्थात् चम्सुरी पनि दुवै मिर्गौला फेल भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी छन् । उनका लागि धेरैले आर्थिक सहयोग संकलन गर्न थालेका थिए । तर, चम्सुरीले आफ्नो उपचारका लागि पैसा संकलन नगर्न अपिल गरिन् । बरु उनले मिर्गौला सहयोग चाहिएको बताइन् ।

    चम्सुरीको सो आग्रहपछि उनका पाँचजना आफन्त मिर्गौला दान दिन तयार भए । 

    पल्पसा सामान्य कलाकार हुन् । उनी मध्यमवर्गीय परिवारकी सदस्य हुन् । तर, उनले कसैसँग आर्थिक सहयोग मागिनन् । एक कलाकारको यो व्यवहारले एमाले नेता खनालको नैतिकतामाथि ठूलो प्रहार गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०३:२९:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend