काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा लगायत गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई छिटोभन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन तदारुकता देखाएका छन् ।
गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिप्रसाद शर्मासँग यथासक्य छिटो खोप उपलब्ध गराउने प्रतिबद्ध व्यक्त गरेका हुन् ।
मन्त्री खाँणले नेपालको प्रमुख पर्यटकीय क्षेत्रमा पोखरा लगायत गण्डकी प्रदेश पर्यटनलाई पुनर्जीवन दिनुपर्ने भन्दै स्वास्थ्य मन्त्रालयसँग तत्कालै समन्वय गरी खोप उपलब्ध गराउने बताए ।
गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्री मणिप्रसाद शर्मा र गृहमन्त्री खाँणले शुभकामना साटासाट गर्दै सफल कार्यकालको शुभकामना समेत साटासाट गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।