आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस ललितपुरको सभापतिका लागि भेटघाटमा जुटे मीनकृष्ण महर्जन, जिल्लादेखि केन्द्रका नेताको बलियो साथ

कांग्रेस ललितपुरको सभापतिका लागि भेटघाटमा जुटे मीनकृष्ण महर्जन, जिल्लादेखि केन्द्रका नेताको बलियो साथ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 6.7K
    SHARES

  • कांग्रेस ललितपुरको सभापतिका लागि भेटघाटमा जुटे मीनकृष्ण महर्जन, जिल्लादेखि केन्द्रका नेताको बलियो साथ

    काठमाडौं - यतिबेला कांग्रेसका नेता कार्यकर्तालाई १४औं महाधिवेशनले छोएको छ । अहिले सबैतिर कांग्रेसको नेतृत्व कस्तो आउला भन्ने व्यापक जिज्ञासा र कौतूहलता पनि छ ।

    क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम टुंगिनै लागेको छ । अब वडा तहदेखि जिल्ला तहसम्मका अधिवेशन सुरु हुँदैछ । त्यसैले सबै नेतृत्वका लागि कस्सिएर लागेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति आगामी भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ ।

    अब त्यसमा फेरबदल गर्न अप्ठेरो छ । तर, वडास्तर, गाउँपालिकास्तर, प्रदेशस्तर, क्षेत्रीयस्तर र जिल्ला अधिबेशन केही दिन पर सर्ने देखिन्छ। यसक्रममा कांग्रेस ललितपुरको सभापतिका लागि आधा दर्जन दाबेदार देखिएका छन् ।

    वर्तमान सभापति मदन अमात्य विधानअनुसार तेस्रो कार्यकालका लागि उठ्न नपाउने भएकाले मिनकृष्ण महर्जन, रामकृष्ण चित्रकार, गजेन्द्र महर्जनलगायतका नेताहरू सभापतिको प्रत्यासी हुन् ।

    ललितपुर जिल्लामा कांग्रेस खेलकुद विभाग सचिव तथा महासमिति सदस्य मीनकृष्ण महर्जनलाई जिताउन व्यापक रुपमा नेता कार्यकर्ता परिचालन गरिएको छ । ललितपुरमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ ।

    यहाँ ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र पर्छ। तीनवटा प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा उनका समर्थक तथा कार्यकर्ता परिचालन भएका छन् । नेता महर्जन ललितपुरमा निकै लोकप्रिय नेताको रुपमा परिचित छन् ।

    पार्टीको जुनसुकै कार्यक्रम होस् वा पार्टीले आयोजना गरेको जुनसुकै आन्दोलन होस् उनी अगाडि सरिहाल्छन् । उनका कार्यकर्ताबिना पार्टीको कार्यक्रम फितलो देखिने गरेको नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्वर ३ प्रदेश (क) का सभापति जितेन्द्र महर्जन बताउँछन् ।

    त्यसैले पार्टीको संगठन मजबुत बनाउन पनि मीनकृष्ण महर्जन जिल्ला सभापति हुनुपर्ने उनको भनाइ छ । जिल्ला सभापतिमा जित्नकै लागि महर्जन अहिले नेता तथा कार्यकर्ता भेट्घाटमा व्यस्त छन् ।

    उनी ०४६ सालको दोस्रो जनअन्दोलनदेखि खेलाडीहरुको नेतृत्व गरी आन्दोलनना होमिएका नेता हुन्। महर्जन एक समय करातेका उत्कृष्ट खेलाडीसमेत थिए। उनि करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी र पूर्वअन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन्।

    ०६६ मा कांग्रेसको सिफारिसमा उनी राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्ष बनेका थिए। महर्जनलाई ०५७ सालमा तत्कालीन तरुण दल केन्द्रिय अध्यक्ष तथा बर्तमान गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रिय सदस्यमा मनोनीत गरेका थिए। त्यसपछि १० बर्षसम्म उनले तरुणको केन्द्रिय सदस्यको जिम्मेवारीमा बहन गरेका थिए।

    ०५९ असोज १८ गते शुक्रवारको दिन प्रजातन्त्र कु पश्चात ०६२–६३ को लोकतान्त्रिक आन्दोलनमा महर्जनले काठमाडौ उपत्यकामा युवा परिचालनको जिम्मेवारी पाएका थिए। चुनाबको समयमा होस् वा आन्दोलनना होस्, कार्यकर्ता परिचालन गर्न नेता महर्जनको खुबी मानिन्छ।

    महर्जन कार्यकर्ताहरुलाई संरक्षण गर्ने र कार्यकर्ताहरूलाई माया गर्ने कारण पनि उनका पछाडि थुप्रै कार्यकर्ता साथमा लागेका हुन् । महर्जन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का निकट मानिन्छन् ।

    अहिले उनलाई केन्द्रका नेताको बलियो साथ छ । ०७४ सालको प्रदेश सभा निर्बाचनमा महर्जन कांग्रेसकै अन्तर्घातका कारण झिनो मतले पराजित भएका थिए।

    ०७२ सालको बिनासकारी भूकम्पमा उनले आफ्नो निर्वाचन क्षेत्रका प्रत्येक गाउँमा राहत वितरण गरेका थिए। कोभिड महामारीमा समेत आफ्नो ज्यान जोखिममा राखेर उनले दुई महिनासम्म निमुखा बिपन्न परिवार र दैनिक ज्याला मजदुर गर्नेलाई बिहान बेलुका लगनखेल डोजोमा खाना खुवाएका थिए ।

    नेता महर्जनको समन्वयमा तरुण दल ललितपुर क्षेत्र नम्बर १ ले गोदावरी नगरपालिकाको चापागाउँमा फुड बैँक सञ्चालन गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend