काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल (कुमाल) लाई नियुक्त गरिएको छ ।
नवलपुर जिल्लाको बुलिङटारका कमाललाई गत आईतवारको मन्त्रिपरिषद् बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।
लामो समय शिक्षा क्षेत्रमा क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त व्यक्ति हुन् । अवकाशपछि उनी राजनीतिमा सक्रिय रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका कमालले काठमाडौं विश्वविद्यालयबाट एमफिल समेत गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान रहेको छ । राजनीतिक सल्लाहकारले प्रदेशको राज्यमन्त्री सरह सुविधा पाउने व्यवस्था रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।