बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा फेरि निषेधाज्ञा थपिँदै, कहिलेसम्म रहन्छ ?

काठमाडौंमा फेरि निषेधाज्ञा थपिँदै, कहिलेसम्म रहन्छ ?

  • मिडिया डबली
  • आइतवार, आषाढ १३ २०७८

  • 4.5K
    SHARES

  • काठमाडौंमा फेरि निषेधाज्ञा थपिँदै, कहिलेसम्म रहन्छ ?

    काठमाडौं – कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राजधानी काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा जारी निषेधाज्ञा फेरि थप हुने भएको छ ।

    काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै कम्तिमा १ हप्ता थप्ने तयारी छ ।

    पछिल्लो समय संक्रमण दर घट्दै गएकाले केही जिल्लामा निषेधाज्ञा खुकुलो गरिएपनि जोखिम नहटेकाले निषेधाज्ञा थप्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

    सार्वजनिक सवारीसाधन, मन्दिर (भक्तजनहरूको दर्शन तथा पूजा), सिनेमा हल, पार्टी प्यालेस, समारोह तथा सभाहरूमा लगाइएको प्रतिबन्ध कायमै रहने गरी निषेधाज्ञा थप्ने तयारी रहेको छ ।

    सार्वजनिक यातायातका साधन सञ्चालनका लागि यातायात व्यवसायीले ध्यानाकर्षण गराउँदै आए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह अनुसार तत्कालै सार्वजनिक यातायातका साधन सञ्चालन गर्न नसकिने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

    ‘निषेधाज्ञा जारी रहने वा हटाउने विषयमा निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई रहँदै आएको छ । तर गृह मन्त्रालयले आवश्यक सुझाव र दिशानिर्देश गर्दै आएको छ ।

    ‘अहिलेसम्म प्राप्त रिपोर्टका आधारमा निषेधाज्ञा हट्ने अवस्था छैन । हाल लागू भएका जिल्लामा निषेधाज्ञा जारी नै रहन्छ । केही जिल्लामा खुकुलो हुनसक्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

    काठमाडौं उपत्यकामा पछिल्लो पटक निजी सवारीसाधनहरू जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । सवारीसाधन जोरबिजोरमा सञ्चालन गर्दा समेत संक्रमण जोखिम बढ्नेसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन अनुरोध गरेको छ ।

    ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले हालकै अवस्थामा फेरि १ हप्ता निषेधाज्ञा जारी रहनसक्ने बताएका छन् । निषेधाज्ञाका विषयमा निर्णय गर्न आईतवार उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको बैठक बस्न लागेको छ ।

    सार्वजनिक सवारीसाधन पनि सञ्चालन गर्नुपर्ने माग व्यवसायीले गर्दै आए पनि सार्वजनिक यातायातलाई खुला गर्न नसकिने सीडीओ निरौलाले जानकारी दिए ।

    काठमाडौं उपत्यकामा पछिल्लो पटक १ हप्ताका लागि थपिएको निषेधाज्ञाको अवधि असार १४ गते सकिने भएको छ । त्यसअघि नै आईतवारको बैठकले निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय लिने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend