काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपतिको आलोचना गर्दै राजाको पक्ष लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जवाफ फर्काएका छन् ।
शुक्रबार बिहानै सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड अवैध भएका दाबी गरेका छन् ।
‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन् । निर्वाचन आयोग, प्रचण्ड र माकेको अविलम्ब ध्यानाकर्षण हुनुपर्छ,’ सल्लाहकार थापाले लेखेका छन्, ‘२०७५ जेठ ३ गतेयताको ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि ६ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन् । अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?’
सल्लाहकार थापाले गैरकानूनी रूपमा चलेर अरुमाथि प्रश्न उठाउन नपाइने बताएका छन् ।
उनले लेखेका छन्, ‘पार्टी वैधानिक हुन अनिवार्यतः कानून परिपालना गरेको हुनैपर्छ तर गैरकानूनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन मिल्दैन । कानूनीराजको बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ । वैधानिक हैसियत विना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन् ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।