बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मनसुनी वर्षा पश्चिमतिर सर्‍यो, सतर्क रहन अनुरोध

मनसुनी वर्षा पश्चिमतिर सर्‍यो, सतर्क रहन अनुरोध

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 3.5K
    SHARES

  • मनसुनी वर्षा पश्चिमतिर सर्‍यो, सतर्क रहन अनुरोध

    काठमाडौं – लगातारको मनसुनी वर्षा फेरि नेपालको मध्य र पश्चिम भेगमा केन्द्रित भएको छ । 

    जेठ २८ गतेबाट सुरू भएको मनसुनी वर्षाले निरन्तरता लिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो चक्र दोहोर्‍याएको छ ।

    मंगलवार रातिदेखि यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा सुरू भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस भेगमा वर्षाको क्रम दोहोरिएसँगै बाढी पहिरोको सम्भावना बढेको छ । यसका कारण पहाडी भूभाग र तटीय क्षेत्रका वासिन्दामा त्रास पैदा हुन थालेको छ ।

    पूर्वी भेग हुँदै मनसुन भित्रिए पनि मध्य र पश्चिमका प्रदेशमा यसअघिको १ हप्तामा अधिक स्तरसम्मको वर्षा भएको थियो । अझ यो क्रम केही दिन जारी रहने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

    उनका अनुसार बिहान आकाश खुलेजस्तो भए पनि दिन ढल्दै जाँदा बादलले आकाश ढाकेर पानी पार्ने गरेको छ । बिहीवार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र १ नम्बर प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    शुक्रवार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भेगमा भारी वर्षा र लुम्बिनी, गण्डकी प्रदेशमा मध्यम र हल्का वर्षाको आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मध्य, पश्चिम र पूर्वका केही भेगमा केन्द्रित मनसुनी बादलका कारण हुने वर्षाले यस भेगका ठूला तथा साना नदीमा बाढी आउने भएको छ ।

    कन्काई, कोसी, कमला, बागमती जलाधार क्षेत्रका नदीहरुमा आकस्मिक बाढी र बहाव बढ्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    जेठ २८ गतेयताको मनसुनी वर्षाका कारण आएको बाढीपहिरोबाट हालसम्म २३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २४ जना अझै बेपत्ता छन् ।

    बाढीपहिरोजन्य विपदमा परेर ९३ जना घाइते भएका छन् । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढीले बगाएकामध्ये ५ जनाको मृत्यु भएको पुष्टि केन्द्रले गरेको छ । पछिल्लो समय रोल्पामा पहिरोले पुरेर ३ जनाको मृत्यु र ३ जना घाइते भएका जनाइएको छ ।

    बाढीपहिरो र अविरल वर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढ्दै गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यी विपतका कारण ३२९ वटा निजी घर पूर्ण रुपले क्षतिग्रस्त बनेका छन् भने १०७ वटा घरमा आंशिक क्षति पुगेको छ ।

    बाढीपहिरोका कारण देशका विभिन्न ११ वटा राजमार्ग अवरुद्ध भएका छन् । बुधवारदेखि पासाङ ल्हामु राजमार्ग अवरुद्ध बनेको छ । असार ५ गते पहिरोका कारण सडक अवरुद्ध भएपछि अरनिको राजमार्गको कोदारी सडक र ९ गतेबाट जुरे सडकखण्ड पहिरोले अवरुद्ध छ ।

    बेंसीशहर–मनाङ राजमार्ग पनि २ स्थानमा बाढीपहिरोले अवरोध आएका कारण अवरुद्ध छ । कर्णाली राजमार्ग, सिमकोट–हिल्सा सडकखण्ड, सल्यानको राप्ती राजमार्ग, बाजुराको साँफे–मार्तडी सडकखण्ड र मार्तडी–कोल्टी सडकखण्ड पनि कतै बाढीले सडक कटान गरेर त कतै पहिरोका कारण अवरुद्ध छ । दार्चुला गोकुलेश्र सडकखण्ड पनि अवरुद्ध भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १० २०७८०७:३९:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend