काठमाडौँ- गायिका कमला पोखरेल र गायक अनिल बस्ताकोटीको आबाजमा लोकदोहोरी गीत 'धेरै धोका खाए...' बजारमा रिलिज भएको छ । अनिल बस्ताकोटी र नबराज भट्टराईको लय तथा शब्द रहेको गीत छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतलाई सुपारी म्युजिक नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । निर्देशक सिर्जन बरालको निर्देशनमा तयार पारिएको भिडिओलाई रेशम दर्लामीले छायांकन गरेका हुन् भने अमृत चापागाईको सम्पादन रहेको छ ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओमा मोडल रुपा कंडेल र अनिल बस्ताकोटीको दर्दनाक अभिनय देख्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।