बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा निषेधाज्ञा थपिएपछि के खुल्छ, के खुल्दैन ? पढ्नुहोस् सीडीओको आदेशको पूर्णपाठ

काठमाडौंमा निषेधाज्ञा थपिएपछि के खुल्छ, के खुल्दैन ? पढ्नुहोस् सीडीओको आदेशको पूर्णपाठ

  • मिडिया डबली
  • आइतवार, आषाढ ६ २०७८

  • 6.6K
    SHARES

  • काठमाडौंमा निषेधाज्ञा थपिएपछि के खुल्छ, के खुल्दैन ? पढ्नुहोस् सीडीओको आदेशको पूर्णपाठ

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरूले १ हप्ता निषेधाज्ञा थपेका छन् ।

    काठमाडौं उपत्यकाका ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आईतवार बसेको बैठकले असार ८ गतेदेखि १ हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेका छन् ।

    नयाँ निर्णयसँगै काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा रहने भएको छ । तर निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।

    सीडीओहरूको बैठकले निजी सवारीलाई जोरबिजोर प्रणाली अनुसार चल्न दिने निर्णय भएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।

    प्रशासनको नयाँ निर्णय अनुसार अब ट्याक्सीलाई समेत जोरबिजोर प्रणाली अनुसार चलाउन पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

    हप्ताका बार अनुसार केही पसल समेत खोल्न पाइने निर्णय गरिएको छ । निर्णय अनुसार आइतबार, मंगलबार र बिहीबार ११–४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने र सोमबार, बुधबार र शुक्रबार ११–४ बजेसम्म शपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल समेत खोल्न पाइने भएको छ ।

    पुरानै निर्णय अनुसार खाद्यान्न, दूध, पुस्तक पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने भएको छ । निर्माण सामग्रीका पसलहरु बिहान ११–६ बजेसम्म खोल्न पाइने निर्णय भएको छ ।

    undefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend