काठमाडौं – कोरोना भाइरस संक्रमण निको भएपछि स्वास्थ्यमा समस्या देखिएका कारण थप उपचारका लागि भारतको नयाँदिल्ली पुगेका पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
दिल्लीको अपोलो अस्पतालमा उपचार गराइरहेका नेता खनालको ज्वरो निको हुँदै गएको दिल्लीबाट प्राप्त खबरमा जनाइएको छ ।
खनालको स्वास्थ्यमा सुधार आएको र लगातार आइरहेको ज्वरो रोकिएको जानकारी दिल्लीबाट प्राप्त खबरबारे बताउँदै नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले दिए । ‘चिकित्सकको उच्च निगरानीमा उहाँको उपचार भइरहेको छ,’ पाण्डेले भने ।
नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले स्वास्थ्य अवस्था ठीक जानकारी दिए । ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ । स्वास्थ्य अवस्था ठीक छ,’ भट्टराईले भने, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार हुँदैछ ।’
घरमा बस्दा १ हप्ताभन्दा बढी अवधिसम्म लगातार ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेता खनाललाई चिकित्सकको सल्लाह अनुसार दिल्ली लगिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।