काठमाडौं – यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टको तर्फबाट बुधबार नुवाकोटमा विभिन्न स्थानीय तहमा अक्सिजन कन्सन्ट्रेटर, मास्क र स्यानिटाइजर वितरण गरिएको छ ।
ट्रस्टको तर्फबाट बेलकोटगढी नगरपालिका साविक मदानपुर (बेलकोटगढी १२ र १३), कुमरी, बेलकोट, जिलिङ, रातमटे, दुईपिपल र सूर्यगढी गाउँपालिका, तादी गाउँपालिकाको उर्लेनी, दुप्चेश्वर–२ क्षेपार लगायत विभिन्न ११ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
सम्बन्धित वडा कार्यालय र मातहतका स्वास्थ्य संस्थामा रहने गरी १/१ वटा अक्सिजन कन्सन्ट्रेटरसहित मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको ट्रस्टका महासचिव जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
‘जनता संकटमा परेको बेला राजनीतिभन्दा माथि उठेर आफ्नो अर्को नहेरी हामी मानवीय सेवामा तल्लीन छौं र निरन्तर तल्लीन रहने छौं । देशविदेशमा रहेर हाम्रो यो अभियानमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद दिन चाहन्छौं,’ महासचिव केसीले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।