आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथ खनाल पनि मिर्गौला रोगी, अस्पतालले दिया यस्तो सल्लाह

झलनाथ खनाल पनि मिर्गौला रोगी, अस्पतालले दिया यस्तो सल्लाह

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 7.1K
    SHARES

  • झलनाथ खनाल पनि मिर्गौला रोगी, अस्पतालले दिया यस्तो सल्लाह

    काठमाडौं - एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि मिर्गौला रोगी भएको खुलेको छ । 

    खनालको दुवै मिर्गौलामा समस्या देखिएपछि गत ३० माघमा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो ।

    उनलाई त्यसबेला अस्पतालले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको थियो । केही समय दिल्लीमा उपचार गरेपछि नेपाल फर्केका थिए ।

    उनलाई गत वैशाखमा कोभिड संक्रमण देखिएको थियो । उनको नर्भिक अस्पतालमा १० दिन उपचार गरिएको थियो । तीन दिनअघि पुनः स्वास्थ्य समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

    आज दिउँसो १२ बजे उनलाई नयाँ दिल्ली लगिएको छ । भारत लैजानुअघि बुधबार एमाले महासचिव ईश्वर खनाललाई भेट्न नर्भिक अस्पताल पुगेका थिए । उनको एपोलो अस्पतालमा उपचार हुने भएको छ ।

    अहिले खनालमा पोस्ट कोभिडको असर देखिएको, ज्वरो आइरहने र रगत कमी देखिएको अस्पतालले जनाएको छ । निमोनियामा पनि देखिएकाले उनलाई एपोलो अस्पताल रिफर गरिएको हो । परिवारकै सहमतिमा उनलाई नयाँ दिल्ली लगिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०३:२९:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend