आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झलनाथ खनालका यी २ अंगमा देखियो समस्या, थप उपचार विदेशमा हुने 

झलनाथ खनालका यी २ अंगमा देखियो समस्या, थप उपचार विदेशमा हुने 

  • मिडिया डबली
  • बुधवार, आषाढ २ २०७८

  • 6.7K
    SHARES

  • झलनाथ खनालका यी २ अंगमा देखियो समस्या, थप उपचार विदेशमा हुने 

    काठमाडौं – नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालका शरीरका २ अंगमा समस्या देखिएको छ ।

    खनाल उपचाररत नर्भिक इन्टरनेसनल अस्पताल स्रोतका अनुसार उनको प्रोस्टेट ग्रन्थी र मिर्गौलामा समस्या देखिएको छ । प्रोस्टेट पिसाब फेर्ने प्रक्रियासँग सम्बन्धित समस्या हो ।

    हालै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका खनाल पुनः अस्वस्थ भएपछि केही दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिकमा उपचार भइरहेकै बेला थप प्रभावकारी उपचारका लागि विदेश लैजाने तयारी भइरहेको छ ।

    खनालको थप उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ । दिल्लीको अपोलो अस्पतालमा खनालको उपचार हुने जनाइएको छ । अपोलोमा खनालको नियमित उपचार हुँदै आएको हो ।

    अपोलो अस्पतालका चिकित्सकसँगको परामर्श अनुसार उनलाई थप उपचारका लागि दिल्ली लगिन लागेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०३:२९:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend