बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सिन्धुली कांग्रेसका दुई सम्पर्क समितिले गोलञ्जर गाउँपालिकामा बाँडे स्वास्थ्य सामग्री

सिन्धुली कांग्रेसका दुई सम्पर्क समितिले गोलञ्जर गाउँपालिकामा बाँडे स्वास्थ्य सामग्री

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 8.2K
    SHARES

  • सिन्धुली कांग्रेसका दुई सम्पर्क समितिले गोलञ्जर गाउँपालिकामा बाँडे स्वास्थ्य सामग्री

    काठमाडौं - सिन्धुली कांग्रेसका दुई सम्पर्क समितिले गोलञ्जर गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

    नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समिति र कांग्रेस  गोलन्जोर–काठमाडौं सम्पर्क समितिले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित नहोउन भन्ने उद्देश्य राखी सोमबार गोलञ्जर गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरेको हो ।

    कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिका सचिव अञ्जनी कोइरालाका अनुसार सोमबार गोलन्जोर गाउँपालिकामा ४२ सयवटा मास्क, २५ लिटर स्यानिटाइजर, २० वटा फेस सिल्ड, दुईवटा पिपिई सेट र दुईवटा अक्सिमिटर वितरण गरिएको छ ।

    गाउँपालिकाका स्वास्थ्य कार्यालयका वीरेन्द्र साह, शान्ता भण्डारी, नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला उपाध्यक्ष सुमन कोइराला, गोलन्जोर-३ का वार्ड अध्यक्ष पुष्कर बराल, नेपाल शिक्षक संघ गोलन्जोरका सचिव अनुप बराललगायतको रोहबरमा गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीमार्फत गाउँपालिकालाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

    हस्तान्तरण कार्यक्रममा अध्यक्ष कार्कीले दुवै सम्पर्क समितिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गोलन्जोरवासीको घाउमा यसैगरी मल्हम लगाउने विश्वास व्यक्त गर्दै सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    कांग्रेसका दुवै सम्पर्क समितिले हरेक नागरिकको जीवन बचाउन प्रयास निरन्तर जारी रहने जनाएका छन् । अभियानलाई सहयोग गर्ने सन्दीप बराललाई सचिव कोइरालाले धन्यवाद दिएका छन् ।

    anjani koirala  (3).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १ २०७८०३:३५:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend