बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आजदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो, के–के गर्न पाइन्छ ? पढ्नुहोस् पूर्ण आदेश

आजदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो, के–के गर्न पाइन्छ ? पढ्नुहोस् पूर्ण आदेश

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 7.0K
    SHARES

  • आजदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो, के–के गर्न पाइन्छ ? पढ्नुहोस् पूर्ण आदेश

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा आज मंगलबारदेखि निषेधाज्ञा केही खुकुलो भएको छ ।

    हिजोसम्म मर्निङ वाक समेत गर्न नपाइने अवस्थामा आजदेखि मनिङ वाक र इभिनिङ वाक समेत गर्न पाइने भएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो गरेर असार ७ गतेसम्म कायम गर्ने निर्णय गरेका छन् ।

    आज मंगलबारदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

    विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपराह्न ४ बजेदेखि खुल्न दिने आदेश गरिएको छ ।

    होटलमा टेक अवे सेवालाई निरन्तरता दिने निर्णय भएको थियो। अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइने आदेशमा उल्लेख छ ।

    बैंक तथा वित्तीय संस्थाका लागि समेत नियम केही खुकुलो बनाइएको छ । सहकारीका लागि हप्तामा २ दिन खोल्न पाइने भएको छ ।

    यस्तो छ आदेश –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend