आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिपक मनाङेबाट फैलियो भयंकर तरङ्ग

दिपक मनाङेबाट फैलियो भयंकर तरङ्ग

  • मिडिया डबली
  • सोमवार, जेठ ३१ २०७८

  • 9.9K
    SHARES

  • दिपक मनाङेबाट फैलियो भयंकर तरङ्ग

    काठमाडौं – कुनै बेला विवादमा फसिराख्ने नाम हो दिपक मनाङे । तर मनाङबाट प्रदेशसभा सदस्य निर्वाचित भएका राजीव गुरुङ अर्थात् दिपक मनाङे सत्ताको खेलमा निर्णायक बने ।

    सत्ताको निर्णायक मात्रै बनेनन् उनी । गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका मनाङेको बोलीले तरङ्ग फैलिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाललाई लक्षित गरेर मन्त्री मनाङेले दिएको अभिव्यक्तिमाथि बहस भइरहेको छ । 

    पोखरामा पत्रकारसँग कुरा गर्दै मन्त्री गुरुङले मदिरा र यौन गतिविधिका लागि राखेपका सदस्य सचिव सिलवाल पोखरा आउने गरेको टिप्पणी गरेका थिए । मन्त्री गुरुङले सिलवालका लागि रक्सी र केटीको व्यवस्था मिलाउने काम मोटेले गरेको आरोप लगाएपछि तरङ्ग फैलिएको हो ।

    मन्त्री गुरुङले भनेका थिए, ‘... सिलवाल र मोटे जत्तिका ठग मान्छे त मैले देखेकै छैन, उनीहरूको सम्बन्ध राम्रो छ । सिलवाल यहाँ आउने, मोज गर्ने । सिलवाल भनेको रक्सी र केटी भनेपछि पागल हुने । मान्छेले भन्न अप्ठ्यारो मान्ला तर के गर्ने विचरा । अब सायद त्यस्को घरमा स्वास्नी राम्रो छैन होला । प्रोबलम त होला । यो फेरि हाँस्ने कुरा होइन यो । यो फ्याक्ट नै हो ।’

    सिलवालको सम्बन्धमा मन्त्री गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राखेपले कारवाहीको माग गरेको छ ।

    राखेपले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङले सदस्य सचिव सिलवाल र परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित, अशोभनीय, लाञ्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक गरेको जनाइएको छ ।

    परिषद्ले मन्त्री गुरुङको अभिव्यक्तिको भर्त्सना गर्दै उनीमाथि प्रचलित कानून बमोजिम कारबाही गर्न समेत माग गरेको छ ।

    ‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खालको अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैंमा खेदजनक रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा खेलकुदको विकास र विस्तारमा अनवरत लागिरहेका सदस्य सचिव सिलवाल र सदस्य राजेश गुरुङमाथि यस्तो अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महसूस भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १६ २०७८०६:३४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend