काठमाडौं – नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पतालको इमर्जेन्सीमा भर्ना भएका छन् ।
विगत ४ दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई आज सोमवार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताएका छन् ।
प्रवक्ता बाँस्तोलाले ४–४ दिनदेखि ज्वरो आएर खनाललाई अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको र स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए । नेता खनालको प्रारम्भिक परीक्षणमा रगतको कमी देखिएको जनाइएको छ ।
यसअघि समेत अस्पताल भर्ना भएका खनाल केही हप्ताअघि मात्रै डिस्चार्ज भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।