काठमाडौं – आज खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।
सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, यूके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको असर नेपालमा नरहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
समितिका सचिव सूर्यप्रसाद ढुंगेलले नेपालमा सूर्यग्रहण नदेखिने भएकाले यसलाई बार्नुपर्ने आवश्यकता नरहेको बताए ।
जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्य ग्रहण यस वर्षको पहिलो सूर्य ग्रहण हो । नेपाली समय अनुसार दिउँसो १ः५७ बजेदेखि साँझ ६ः५६ बजेसम्म रहने सूर्यग्रहण नेपालको कुनै पनि हिस्साबाट नदेखिने उनले बताए ।
ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिने गरेको छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधारेखामा आउँदा कुण्डलाकार सौर्य ग्रहण लाग्दछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।