काठमाडौं - सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दल र पुर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। उनले प्रधानमन्त्री केपी ओलीलाइ पनि बैठकमा आउन पत्र पठाएका छन्।
प्रतिनिधि सभा विघटनबारे छलफल गर्न शुक्रबार दिउसो २ बजे बैठक बोलाइएको हो । सभामुख सापकोटाले जेठ ११ गते पूर्वसभामुखहरुसँग छलफल गरेका थिए।
छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरासँग छलफल गरेका थिए । जेठ १३ गते उनले संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।