आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

  • मिडिया डबली
  • आइतवार, जेठ २३ २०७८

  • 5.5K
    SHARES

  • एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

    काठमाडौं – नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएको ३ महिनापछि आईतबार माओवादी केन्द्रले १ नम्बर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र १ नम्बर प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

    दलका नेता आङ्बोले हिउँदे अधिवेनबाटै समर्थन फिर्ता लिन खोजिए पनि संसद सञ्चालन नभएकाले अहिले समर्थन लिएको बताएका छन् । ‘पहिल्यै फिर्ता लिने संसदीय दलबाट निर्णय भएको थियो । सदनबाटै फिर्ता लिन खोजेको भए पनि अघिल्लो पटक सदन पूरा चल्न सकेन,’ आङ्बोले भने ।

    नेकपा माओवादी केन्द्रले बजेट अधिवेशनको सुरू हुनुअगावै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । १५ दिनअघि प्रि–बजेट छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेको सरकारले बोलाएको प्रदेशसभा अधिवेशन भोलि सोमवारबाट हुँदैछ ।

    २०७३ फागुन २ गते नेकपा एमाले संसदीय दलका नेता शेरधन राई माओवादी केन्द्र समेतको समर्थनमा मुख्यमन्त्री चयन भएका थिए । एमाले र माओवादी मिलेर नेकपा भएपछि मुख्यमन्त्री राई नै दलको नेता बनेका थिए ।

    २०७७ चैत १६ गते बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्पूर्ण अधिकार संसदीय दलका नेतालाई दिएको थियो । सरकारबाट अलग भएको र सरकारका गतिविधि आलोचनायोग्य रहेकाले प्रतिपक्षी भूमिका निर्वाह गर्न सरकारलाई दिएको समर्थन फिर्ता लिएको दलका नेता आङ्बोले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २८ २०७७११:४४:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend