बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौंमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय, यी क्षेत्र खुकुलो

काठमाडौंमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय, यी क्षेत्र खुकुलो

  • मिडिया डबली
  • बुधवार, जेठ १९ २०७८

  • 3.5K
    SHARES

  • काठमाडौंमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय, यी क्षेत्र खुकुलो

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थप्ने निर्णय गरिएको छ ।

    काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका छन् ।

    अब जेठ ३१ गतेसम्म उपत्यकामा निषेधाज्ञा लागू हुने भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    बैशाख १६ गतेबाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ गतेबाट थप कडा गरिएको थियो । जेठ १४ गतेबाट उपत्यकामा बन्द गरिएका खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय आज बुधबार भएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने सीडीओ भट्टराईले जानकारी दिए ।

    सीडीओहरूको बैठकमा काठमाडौंका सीडीओ कालीप्रसाद पराजुली, भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराई र ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाको सहभागिता रहेको थियो ।

    बैठकले सार्वजनिक निर्माण कार्यलाई समेत खुला गर्ने निर्णय गरेको छ । सार्वजनिक निर्माण कार्य बन्द हुँदा निर्माण सामग्री ढुवानीका सवारीसाधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend