काठमाडौं – कोरोना भाइरस संक्रमण धेरै फैलिएको राजधानी काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आज मंगलवार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने सहमति गरेको छ ।
‘निषेधाज्ञा १० दिन थप गर्ने निचोडमा पुगेका छौं । केही कुरा थपघट गर्नुपर्ने भएकाले निर्णय भोलि आउँछ,’ भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले भने ।
निषेधाज्ञा थपिएपनि केही खुकुलो बनाइने जनाइएको छ । खाद्य तथा किराना पसल, तरकारी पसल, डिपार्टमेन्ट स्टोरको खाद्य शाखा मात्र बिहान ९ बजेसम्म खोल्न दिइने, सार्वजनिक निर्माणका ढुवानी सवारी साधन साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन पाइने, भन्सारबाट एक्जिट नोट जारी भएका मालबाहक सवारीसाधन र छुटाउन जाने एजेन्ट कर्मचारीलाई भन्सार प्रमुखले सिफारिस गरेका कर्मचारीलाई जान दिइने र विकास बैंक र वाणिज्य बैंकहरूलाई सिमित कर्मचारीका लागि सवारीसाधन चलाएर सञ्चालन गर्न दिइने गरी छलफल भएको छ ।
भोलि बुधवार बिहान ३ वटै सीडीओको बैठक बसेर निर्णय गरिने भएको छ । निषेधाज्ञाको नयाँ नियम जेठ २१ गतेदेखि लागू हुने भएको छ ।
गत बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा जेठ २० गतेमा सकिँदैछ । यतिबेला कोरोना संक्रमण विगतभन्दा केही घटेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।