बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

डोटीमा वर्ल्ड भिजनले गर्‍यो २२ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

डोटीमा वर्ल्ड भिजनले गर्‍यो २२ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

  • मिडिया डबली
  • आइतवार, जेठ १६ २०७८

  • 6.6K
    SHARES

  • डोटीमा वर्ल्ड भिजनले गर्‍यो २२ लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं – वर्ल्ड भिजन इन्टरनेसनलको सहयोगमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति डोटीलाई अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    वर्ल्ड भिजन इन्टरनेसनलको सहयोग र सामुदायिक केन्द्र डोटी (सीडीसी) र सिड नेपाल डोटीको समन्वयमा २२ लाख ६४ हजार ७२८ रुपैयाँ बराबराका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सीडीसी डोटीका अध्यक्ष हेमराज जोशीले बताए ।

    ७० वटा ४६ लिटरका अक्सिजन सिलिन्डर, ७० पल्स अक्समिटर, थर्मल टेम्प्रेचर गन, पीपीई सेट, ५ लिटर स्यानिटाइजर, ५ हजार मास्क लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    जिल्लामा कोभिड संक्रमितको उपचार र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको सहयोगी संस्थाले बताएका छन् । 

    सामग्री सीडीसी डोटीका उपाध्यक्ष सुनिल घर्ति र वर्ल्ड भिजनका प्रतिनिधि गांगी बलायरले डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई हस्तान्तरण गरेका छन् । 

    सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी खनालले महामारीको समयमा प्राप्त भएका सामग्रीले ठूलो सहयोग पुग्ने बताउँदै सहयोगी संस्थालाई धन्यवाद दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ १६ २०७८०९:०५:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend