काठमाडौं - विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापा अहिले कोरोना संक्रमणका कारण मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
विवेकशील पार्टीले थापाको उपचारमा सहयोगका लागि आह्वान गरेको छ । सहयोगका लागि विदेशमा हुने गोफन्डमी र नेपालमा हुनेले आलोक सुवेदीको कुमारी बैंक मैतिदेवी शाखाको खाता नम्बर १९४०१०५०६५४००००१ मा वा खल्ति ९८१०२७६४७३ मा वा इसेवा ९८१०२७६४७३ सहयोग गर्न आग्रह गरिएको छ।
थापाको उपचारमा रकम संकलन गर्न थालिएको समाचार प्रकाशित भएपछि बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले आफैंले उपचार खर्च व्यहोर्ने निर्णय गरेका छन्। प्रसाईंले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका छन्।
‘सामाजिक अभियान्ता तथा विवेकशिल पार्टीका पूर्व अध्यक्ष थापाको उपचारमा सहयोग संकलन लागि आह्वान भएको जानकारी हुन आएकोले मेडिसिटी अस्पतालमा उपचाररत उहाँको सम्पूर्ण उपचार खर्च बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
अस्पतालको सामाजिक उत्तरदायित्व र मुल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकाले थापाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।