आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

त्रिविलाई आफ्नो निर्णय सच्याउन नेविसंघको चेतावनी

त्रिविलाई आफ्नो निर्णय सच्याउन नेविसंघको चेतावनी

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 4.4K
    SHARES

  • त्रिविलाई आफ्नो निर्णय सच्याउन नेविसंघको चेतावनी

    काठमाडौं - नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई आफ्नो निर्णय सच्याउन चेतावनी दिएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारमसम्बन्धी सूचना अव्यावहारिक भएको, विद्यार्थीलाई मर्कामा पारेकाले अविलम्ब सच्याउन माग गरेको हो ।

    संघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गरी अव्यावहारिक निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको परीक्षा फारम जेठ २० गतेसम्म अनलाइनमार्फत भर्नुपर्ने र त्यसबीचमा छुटेकाले असार १ देखि ७ गतेसम्म दोब्बर शुल्क बुझाएर भर्नसकिने निर्णय गरेको थियो ।

    नेविसंघले सो सूचना संशोधन गर्न माग गरेको हो । ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्न गरेको निर्णय अव्यवहारिक र त्रुटिपूर्ण छ। यसले विधार्थीहरुमा अन्यौल सृजना गर्नुका साथै त्रसित पनि बनाएको छ। तुरुन्तै यसलाई सच्याएर संकट अनुकुल व्यवहारिक बनाईयोस्,’ संघका महामन्त्री दीपक भट्टराईले भने ।

    nebisangh.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७११:०२:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend