काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले आज संविधानविद्, कानुन व्यवसायीसँग परामर्श गर्ने भएका छन् ।
बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग प्रतिनिधिसभाको जेठ ८ गते गरिएको असंवैधानिक विघटनका विषयमा सभामुख सापकोटाले परामर्श गर्न लागेको उनका प्रेस संयोजक श्रीधर न्यौपाने जानकारी दिए ।
सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।