काठमाडौं - प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटै रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै इजलासमा तोकेका छन् । प्रधानन्यायाधीश जबराले आज सबै रिटको पेसी तोक्दै संसद् विघटनसम्बन्धी १९ वटा रिट आफ्नै इजलासमा राखेका हुन् ।
संसद् विघटनसम्बन्धी ३० मध्ये ११ रिट निवेदन भने शुक्रबारदेखि संवैधानिक इजालसमा सुनुवाइ हुने भएको छ । यसअघि गत पुसमा पनि संवैधानिक इजालसमै सुनुवाइ भएर फैसला आएको थियो ।
विपक्षी दलहरुले दायर गरेको रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आगामी कात्तिक २६ गते र मंसिर ३ गते गर्ने गरी घोषणा गरेको निर्वाचनको निर्णय तत्काल कार्यन्वयन नगराउन अन्तरिम आदेश माग गरिएको छ।
विपक्षी गठबन्धनबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल, महादेव यादव, शम्भु थापा, रमन श्रेष्ठ, गोविन्द बन्दी, मुक्ति प्रधान र मिथिलेशकुमार सिंहले शुक्रबार बहस गर्ने भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।