बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेस नेता शेरचनको पहलमा ४ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

कांग्रेस नेता शेरचनको पहलमा ४ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

  • मिडिया डबली
  • बुधवार, जेठ १२ २०७८

  • 6.1K
    SHARES

  • कांग्रेस नेता शेरचनको पहलमा ४ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौं – नेपाली कांग्रेसका नेता जीत शेरचनको पहलमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका निम्ती करीब ४ लाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

    कोभिड–१९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेसन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली कांग्रेसका नेता जीत शेरचन र काठमाडौंमा बस्दै आएका समाजसेवी विपिन मल्लको सक्रियतामा खरिद गरिएको स्वास्थ्य सामग्री नगर प्रमुख देवकुमार नेपाली र स्वास्थ्यकर्मीको रोहवरमा नेता जीत शेरचनले हस्तान्तरण गरे ।

    कोभिड–१९ व्यवस्थापनमा तत्काल आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर मेसिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स ४ हजार पिस, स्यानिटाइजर २० लिटर, सिटामोट ८०० स्टिक र आइसोलेसनका निम्ति १५ वटा तन्दा गरी करीब ४ लाख रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शेरचनले बताए ।

    ‘अझै पनि स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण गर्ने प्रक्रियामा छौं, स्वास्थ्य केन्द्रले आवश्यक पर्ने सामग्रीको लिस्ट उपलब्ध गराएमा पुनः सहयोग गरिनेछ,’ उनले भने ।

    हस्तान्तरण गरिएको सामग्री बुझ्दै ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले आर्थिक सहयोगीदाता देवेन्द्र मल्ल र स्वास्थ्य सामग्री खरिदमा सक्रियताका साथ अभियानमा भूमिका निर्वाह गर्ने जीत शेरचन र विपिन मल्ललाई धन्यवाद ज्ञापन गरे ।

    मेयर नेपालीले विपत्तिको समयमा सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै नागरिकको जीवन रक्षा र सुरक्षामा सहयोगदाताको महत्त्वपूर्ण भूमिका रहने बताए ।

    सहयोगदाताबाट आएको राहत सामग्री अभियान्ताले पारदर्शी तवरले हस्तान्तरण गर्नुपर्ने बताए । कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक घनश्याम चालिसे, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल, पत्रकार, समाजसेवी, बुद्धिजीवि लगायतको रोहवरमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend