बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नागरिकता अध्यादेशको समर्थन गर्दै प्रदर्शन 

नागरिकता अध्यादेशको समर्थन गर्दै प्रदर्शन 

  • मिडिया डबली
  • बुधवार, जेठ १२ २०७८

  • 4.8K
    SHARES

  • नागरिकता अध्यादेशको समर्थन गर्दै प्रदर्शन 

    काठमाडौं – नागरिकता विहीनहरुले जनताले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । 

    सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । आक्रोशित बनेका स्थानीयले आज विभिन्न स्थानमा उनीहरुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । 

    नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए ।

    देशमा अस्थिरता र द्वन्द्व चाहनेहरुको गिरोहले मधेशी जनता र महिलाहरुको पक्षमा आएकोले नपचेकोले त्यस्ता जनविरोधीहरुको आम नागरिकले प्रतिकार गर्ने बारा जिल्लाका अगुवा एवम् प्रदेश सदस्य महम्मद समीरले बताए ।

    सयौँको संख्यामा नागरिकले "नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाईदैन ।" "जनविरोधी देउवा-प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र माधव मुर्दावाद !" "नागरिकको भविष्यसंग खेलवाड़ गर्न पाईदैन, नागरिकता विरोधी नेता चाहिदैन ।" "ओली सरकार जिन्दावाद, राष्ट्रीय एकता जिन्दावाद ।" जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए । 

    झुटो र भ्रामक सन्देशमार्फत साम्प्रदायिकता भड्काउन खोजेको भन्दै हिजो मात्र वीरगञ्जमा नेकपा एमालेका निस्काशित नेता भिम रावलको पुतला दहन गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १२ २०७८०९:२१:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend