काठमाडौं – नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले आज आईतबार पद तथा गोपनीयताको शपथ खाएका छन् ।
गण्डकी प्रदेश प्रमुख सीता पौडेलबाट मनाङेले शपथ खाएका छन् ।
यसअघि १० दिन मात्र युवामन्त्री बनेका मनाङे पुनः युवामन्त्रीमै नियुक्त भएका हुन् ।
गण्डकी प्रदेशमा अल्पमतको सरकार गठन भएपछि बुधवार किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मगरले मन्त्री पदको शपथ लिइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।